पौडेल समूहले रोक्यो कांग्रेस केन्द्रिय समितिको बैठक

4380
views

काठमाडौं, १७ बैशाख । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बैठक बहिष्कार गर्ने चेतावनीपछि पदाधिकारी चयनका लगि तोकिएको आजको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसको पदाधिकारी चुन्नका लागि आज सोमबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको हो । बैठक २१ गतेसम्मको लागि बैठक स्थगित गरिएको छ ।

पदाधिकारी चयन गर्न आवश्यक परामर्शको लागि बैठक स्थगित गरिएको कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । उनले वैशाख २१ गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए । कांग्रेसको महाधिवेशन भएको दुई वर्ष वितिसक्दा पनि पदाधिकारीको चयन हुन सकेको छैन ।

कांग्रेसको विधानमा महाधिवशन सकिएको २ महिनाभित्र पदाधिकारी चयन गरिसक्नु पर्ने व्यवस्था छ । विधानमा पार्टी सभापतिले एक उपसभापति , एक महामन्त्री, दुई जना सहमहामन्त्री र एक प्रवक्ता मनोनयन गर्ने व्यवस्था छ ।

सभापति शेरबहादुर देउवाले दुई महिना अघि विश्वप्रकाश शर्मालाई प्रवक्तामा मनोनयन गरेका छन् तर उपसभापति, महामन्त्री र सह–महामन्त्री भने मनोनयन गर्न सकेका छैनन् ।