एथ्लेटिको मड्रिड र मार्से युरोपा लिग फुटबलको फाइनलमा

655
views

काठमाडौं, २१, वैशाख । स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिड र फ्रान्सको मार्से ‘युरोपा लिग फुटबल’को फाईनलमा पुगेका छन् ।

गएराति भएको दोस्रो लेगको खेलमा इंग्लिश क्लब आर्सनललाई १–० ले हराँउदै एथ्लेटिको मड्रिड फाईनलमा पुगेको हो । एथ्लेटिको तर्फबाट डिएगो कोष्टाले गरेको गोल निर्णायक बनेको हो ।

यसअघि आर्सनलको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । एथ्लेटिको मड्रिड समग्रमा २–१ को परिणामसहित फाईनलमा पुगेको हो । फाईनलमा एथ्लेटिकोको भिडन्त फ्रेन्च क्लव मार्सेसँग हुनेछ ।

गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा अष्ट्रियाको साल्जवर्गसँग २–१ ले पराजित भए पनि समग्रमा ३–२ को जित निकाल्दै मार्से फाईनलमा पुगेको हो । खेल यही मे १६ तारिखका दिन फ्रान्सको लियों शहरमा आयोजना हुँदैछ ।