यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सहित ५ पक्राउ

1286
views

काठमाडौँ २३, बैशाख । सिण्डिकेटको पक्षमा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । महासंघ अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ जनालाई अपराध महाशाखाको टोलीले उनीहरुलाई बैठक स्थलबाटै पक्राउ गरेको हो ।

महाशाखाले अध्यक्ष कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल र किरण खड्कालाई पक्राउ गरेको हो । महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् । व्यवसायीले कानुनलाई हातमा लिएर आवश्यक सेवा ऐन विपरीत सार्वजनिक यातायात बन्द गरेकाले उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

सिण्डिकेट हटाउने सरकारको निर्णयलाई मान्य नभएको भन्दै यातायात व्यवसायीले शुक्रबार सरकारी निर्णयको बिरुद्धमा सार्वजनिक यातायात बन्द गरेका थिए । अध्यक्ष कर्माचार्य आन्दोलन मूल समितिको संयोजक हुन् ।