म्याग्दीका सिण्डिकेटधारी व्यवसायी पक्राउ

869
views

म्याग्दी, २१ बैशाख । म्याग्दीमा सिण्डिकेटको माग गर्दै यातायात बन्द गराएके आरोपमा सिण्डिकेटधारी यातायात व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । सार्वजनिक सेवालाई प्रभावित पारी सर्वसाधारण नागरिकलाई सास्ती दिएको भन्दै पक्राउ गरेको हो ।

म्याग्दी जिप तथा वस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष लाल बहादुर थापा, सचिव सुमन श्रेष्ठ, म्याग्दी काली यातायात व्यवसायी समितिका सचिव देवेन्द्र पौडेल र काउन्टर इन्चार्ज राम्जी थापालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले जानकारी दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।