हवाई कारबाहीमा ४९ विद्रोही मारिए

1504
views

एजेन्सी काबुल, २५ वैशाख । अफगानिस्तानका विभिन्न प्रान्तमा भएका छुट्टाछुट्टै हवाई कारबाहीका क्रममा कम्तीमा ४९ जना विद्रोही मारिएका छन् । अफगानिस्तानको गृह मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टाभित्र कारबाहीमा मारिनेको संख्या ४९ पुगेको हो ।

मन्त्रालयका अनुसार अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिवान समुहको एक अखडालक्षित हवाई आक्रमणमा कम्तीमा १८ तालिवानी विद्रोही मारिनुका साथै १४ जना घाइते भएका छन् ।

त्यस्तै, छिमेकमा पर्ने कान्दाहार प्रान्तको मरुफ जिल्लामा भएको यस्तै कारबाहीमा परी नौ विद्रोही मारिनुका साथै सात घाइते भएका छन् । यसैगरी, जाबुल प्रान्तको डेचोपान जिल्लामा भएको हवाई आक्रमणमा परी १० विद्रोही मारिएका छन् ।

अफगानिस्तानमा हवाई कारबाहीमा अफगान सुरक्षा बललाई अमेरिकी र नेटो सैनिकले सहयोग गर्दै आएका छन् ।