राजस्थानले पञ्जाबलाई १५ रनले हरायो

789
views

काठमाडौँ, २६ बैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्स ईलेभेन पञ्जाबलाई हराएको छ । पञ्जाब राजस्थानसँग १५ रनले पराजित भएको हो ।

राजस्थानको जयपुरमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाउन सफल भएको थियो । जोस बट्लरले ८२ रनबनाए । बलिङतर्फ किङ्स इलेभेन पञ्जावका अष्ट्रेलियन बलर एन्ड्रिउ टाएले ४ विकेट लिएका थिए ।

जवाफमा १ सय ५९ रनको विजय लक्ष्य पछ्याएको पञ्जावले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रन बनाएके थियो । पञ्जावका सुरुवाती ब्याट्सम्यान लोकेश राहुलले अविजित ९५ रन बनाए पनि अन्य सबै व्याट्सम्यानको सामुहिक योगदान ४८ मै सिमति रह्यो ।

जितसँगै राजस्थान रोयल्सले आईपिएल अंक तालिकाको पाँचौ स्थानमा रहेको मुम्बई इण्डियन्ससँग अंक बराबरी गरेको छ । १० खेल खेलेका राजस्थान र मुम्बई दुबैको ८ र ८ अंक भएको छ ।

१६ अंक जोडेको हैदरावाद शिर्ष स्थानमा रहँदा १४ अंक जोडेको चेन्नाई दोस्रो, १२ अंक जोडेको पञ्जाव तेस्रो र १० अंक जोडेको कोलकाता चौथो स्थानमा रहेका छन् ।