अमेरिकाको न्यूजर्सीमा मधेशी सङ्गठनको सम्मेलन

1169
views

अमेरिका,१५ बैशाख । –अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा), को सम्मेलन यहि मई, २६ देखि तीन दिनसम्म हुने भएको छ । अमेरिकाको न्यूजर्सीमा हुने सम्मेलनका लागि आयोजक कमिटि गठन गरेर जिम्मेवारी विभाजन गरेको एन्टा अन्तरिम बोर्डका सचिव अरविन्द सिंहले बताए । ‘मधेसका लागि शान्ति र समृद्धि’भन्ने मूल नाराका साथ हुने सो सम्मेलनको तयारी तिब्र पारिएको सिंहले बताए । अमेरिकाको हरेक राज्यमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता हुने सो सम्मेलनमा आपसमा हुनसक्ने सहयोग आदानप्रदानका साथै भाषा, संस्कृति ,रिती रिवाज र व्यक्तिगत विकासका लागि सरोकारवालाहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।