पर्वत उद्योग बाणिज्य संघमा रिक्त पदाधिकारी सदस्य मनोनित

1454
views

पर्वत । निर्वाचन भएको झण्डै दुई महिनापछि पर्वत उद्योग बाणिज्य संघले रिक्त पदाधिकारी सदस्य मनोनित गरेको छ । संघको १६ औं अधिबेशनबाट निवार्चित कार्यसमितिको बैठकले पदाधिकारी र रिक्त सदस्य मनोनित गरेको हो । मनोनित सदस्य पदमा गोपी अधिकारी, खड्गप्रसाद खनाल र डाँसीराम अधिकारी रहेका छन् ।

बैठकले बरिष्ठ उपाध्यक्षमा गोपी अधिकारी, उद्योग उपाध्यक्षमा ठाकुर बि पौडेल, बाणिज्य उपाध्यक्षमा कमल जिसी, महासचिबमा गणेश लामिछाने, कोषाध्यक्षमा रमेश शर्मा लामिछाने र सचिबमा तिला गिरी कृष्ण लाई जिम्बेवारी दिएको छ । संघको सम्मानित पद मानार्थ सदस्यमा देब शर्मा पौडेल चयन भएका छन भने कार्य सम्पादन समिति सदस्यको जिम्बेवारी सुनिल भुसालले प्राप्त गरेका छन ।