आइपिएल क्रिकेटः हैदरावादसँग दिल्ली पराजित

647
views

नयाँ दिल्ली, वैशाख २८ । दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ ।

नयाँ दिल्ली । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ । दिल्ली भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । जवाफमा १८८ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।

जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको हैदरावादले ११ खेलबाट १८ अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको दिल्ली भने तालिकाको पुछारमा समेटिएको छ ।