केन्द्रीय मन्त्रीसहितका नेताहरू मोदीको अभिनन्दनका लागि १२ विघामा

742
views

जनकपुर, २८, बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन केन्द्रीय मन्त्रीसहितका नेताहरु १२ विघामा आइपुगेका छन् ।

मन्त्रीहरु रघुवीर महासेठ, गिरिराजमणि पोखरेल, मातृका यादव र कांग्रेस नेता विमिलेन्द्र निधि, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजपा केन्द्रीय अध्यक्ष मण्डलका राजेन्द्र महतो मञ्चमा आइपुगेका छन् । १२ विघामा हजारौं मानिसहरु नागरिक अभिनन्दनका लागि भेला भएका छन् ।