आइपिएलः चेन्नईमाथि राजस्थानको जित

791
views

जयपुर, २९, वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा चेन्नई सुपरकिंग्स पराजित भएको छ सुपरकिंग्सलाई राजस्थान रोयल्सले हरायो ।

राजस्थानले चार विकेटले पराजित गरेको हो । राजस्थानको जितमा जोस बटलरले अविजित ९५ रनको योगदान गरेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो ।

१७७ रनको लक्ष्य पाएको राजस्थानले अन्तिम बल बाँकी छँदै ६ विकेट गुमाएर जित हासिल गरेको हो । जितसँगै अंक तालिकामा राजस्थान छैठौं नम्बरमा पुगेको छ । पराजयका बाबजुद १४ अंकका साथ चेन्नई अंक तालिकाको दोस्रो नम्बरमा छ ।