ओलीको राष्ट्रवादी मुकुण्डो उदाङ्गो भन्दै नेविसंघको विरोध (विज्ञप्ती सहित)

821
views

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकिय भ्रमणले केपी शर्मा ओलीको राष्ट्रवादी मुकुण्डो उदाङ्गो भएको भन्दै काँग्रेस निकट नेपाल विद्यार्थी संघले प्रेस विज्ञप्ती जारी गरेको छ ।

नेविसंघका महामन्त्री कुन्दन राज काफ्लेले एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय अस्मिताको पेचिलो लडाईमा साथ दिन समेत आग्रह गरेको छ ।

वक्तव्यमा पेट्रोलियम तथा खाद्यान्नमा भएको मुल्य वृद्धि सांसद किर्ति आजादको जनकपुरलाई भारतमा गाभ्ने अभिव्यक्तिको विरोध, जनकपुरदेखि मुक्तिनाथसम्म भारतीय सेनाको हालसम्म कमाण्डो तैनाथीको विरोध, नेपाली झण्डाको अपमान, नेपाली सेनाको तेजोवद जस्ता विषयलाई गम्भिर रुपमा उजागार गरेको छ ।