मकालु एयरलाइन्सको बेपत्ता जहाज बाजुरामा भेटियो

824
views

काठमाडौँ, २ जेठ । आज विहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्ला सदरमुकाम सिमकोट उडानमा बेपत्ता भएको मकालु एयरलाइन्सको कार्गो जहाज बाजुरामा भेटिएको छ ।

झण्डै सवा २ घण्टासम्मा सम्र्पकविहिन मकालु एयरको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्राप्त सूचना अनुसार विमानमा रहेका सबै सदस्य सकुशल रहेका छन् । जहाजमा पाईलट किरण भट्टराई सहित दुईजना सवार छन् । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको हो ।