नेकपाको गठन हुँदा महिलाको भुमिका शुन्य

726
views

काठमाडौं, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी गठन हुँदा महिला सहभागिता शुन्य देखिएको छ । पार्टी संचालनका लागि बनाइएको ९ सदस्यीय सचिवालयमा महिलाको संख्या शुन्य भएपछि महिला नेतृत्वहरु असन्तुष्ट बनेका छन् ।

नेकपाको अन्य संगठनात्मक संरचनामा पनि पुरुषकै बर्चस्व देखिएपछि नवगठित पार्टीको सर्वत्र आलोचना भइरहेको छ ।

नेकपाकी नेतृ ओनसरी घर्तीले नेपाली कम्युनिष्ट आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण भएपनि नवगठित नेकपामा महिलाको भूमिका र उपस्थिती कमजोर भएको बताईन् ।

स्थायी समिति र केन्द्रिय समितिमा ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गरिने घर्तीले बताईन् । अहिले तत्काल ३३ प्रतिशत सहभागिता हुन नसके पनि पछि विधानमै उल्लेख गरेर सुनिश्चित गरिने उनको भनाई छ ।