नक्सापास काण्डः गैंडाकोट काङ्ग्रेसले गर्यो छानविनको माग

905
views

अजय पौडेल
नवलपुर ९ जेठ । नेपाली काङ्ग्रेस गैंडाकोट नगरकार्य समितिले आज गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेललाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघ लगायत विभिन्न संघ संस्था र व्यक्तिहरुले नगरपालिकाको काम कारवाहीको विषयमा सूचना माग गर्दा नगरपालिकाले नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ ।

गैंडाकोट नगरपालिकामा रहेका अविनाश ह्याचरी प्रा.लि. र जय श्री फुडस प्रा.लि.को नक्सापास गर्दा आर्थिक चलखेल देखिएकोको भन्दै काङ्ग्रेसको भातृ संगठन नेविसंघले यस अघि नै नगरपालिकामा यस विषयको सूचना माग गरेको र आफुहरुलाई सूचना नदिएको र सूचना नदिनु पछाडि नक्सा पासमा आर्थिक चलखेल रहेको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो ।

नेपाली काङ्ग्रेस गैंडाकोट नगरकार्य समितिलेका सभापति तारापती खरेलको नेतृत्वमा नगरपालिका पुगेको काङ्ग्रेसको टोलिले ज्ञापनपत्र बुझाउदै तत्काल नेपालको संविधान २०७२ को धारा २७ मा गरिएको व्यवस्था अनुसार तत्काल सूचना माग गर्ने संघ संस्थालाई माग गरे बमोजिमको सूचना उपलब्ध गराउन माग गरेको छ ।

नगरपालिकाले सूचना नदिएर अप्रजातान्त्रिक व्यवहार देखाएको र नगरपालिकाका जनप्रतिनिधि आईसक्दा पनि यस्तो खालको व्यवहार भएकोमा खेद प्रकट गर्दै तत्काल सुचना दिन र नक्सा पासको सम्बन्धमा आवश्यक छानविन गरि सत्यतथ्य बाहिर ल्याउन ज्ञापनपत्र मा माग गरिएको छ ।

साथै आफ्ना कुराहरु सुनवाइ नभए नेपाली काङ्ग्रेस गैंडाकोट नगरसमिती आन्दोलन मा उत्रिने त्यसपछी हुने घटनाको जिम्मेवार नगरपालिका हुने कुरा गैंडाकोट काङ्ग्रेस द्वारा बुझाईएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।