जिम्मेवारी पुरा गर्न नेकपाका केन्द्रीय सदस्यलाई ओलीको निर्देशन

610
views

काठमाडौँ, ११ जेठ । नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सघाउन निर्देश दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसैको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले सामाजिक न्यायसहितको समृद्धिका लागि तोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्नेमा जोड दिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकका सबै तहमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र भ्रष्टाचार भएको पाइएमा कारवाहीका लागि सिफारिश गर्न प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तय गर्न समृद्धिको यात्रामा लाग्नुको विकल्प नभएको बताए । उनले एकताप्रति विश्वमा सकारात्मक सन्देश प्रवाह भएकाले अब जनताको विकासका लागि काम गरेर देखाउने समय आएको बताए । बैठकमा दल दर्ता प्रयोजनका लागि केन्द्रीय सदस्यका हस्ताक्षर र नागरिकताको प्रतिलिपि संकलन गरिएको थियो ।