विपद् जोखिम न्यूनीकरण परियोजनाको लागि रेडक्रस र सामसुङको सहकार्य

906
views

धरान, १४, जेठ । विपद् पूर्वतयारी र समुदाय उत्थानशिलता बढाउन नेपाल रेडक्रस सोसाईटी (नेरेसो), रेडक्रसको अन्तराष्ट्रिय महासंघ (फेडरेशन) र कोरियन रेडक्रसको हातेमालोमा नेपालका पूर्वी तराईका लक्षित समुदायमा आधारित विपद् जोखिमन्यूनिकरण (सिविडिआरआर) कोशी वेशिनपरियोजना सुरु गरिएको छ ।

रेडक्रसको सुनसरी शाखा, धरानको आयोजनामा उदयपुर, सुनसरी र सप्तरी जिल्लाका चार गाउँ तथा नगरपालिकामा छ करोड नेपाली रुपैयाँको लागतमा सो परियोजना सञ्चालन हुनेभएको छ । परियोजनाको लागि कोरियन रेडक्रसले कम्युनिटी चेष्ट अफकोरिया मार्फत कोरियनकम्पनी सामसुङसँग आर्थिक साझेदारी गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जिव थापा र कोरियन प्रतिनिधिहरुले कोशी वेसिन परियोजनाको विवरण सहितको ताम्रपत्र सार्वजनिक गरी परियोजनाको औपचारिक सुरुवात गर्नुभएको छ ।

परियोजनाले उदयपुरको वेलका नगरपालिका वडा नं १ र २, सप्तरीको हनुमाननगर कंकालिनीनगरपालिको वडा नं १४ रतिलाथी कोइलाडी गाँउपालिकाको वडा नं ५ तथा सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकाको वडा नं ९ र १० क्षेत्रलाई समेटेको छ ।

दुईवर्षे समुदाय केन्द्रित परियोजनाबाट सो क्षेत्रका ७ हजार पाँचसय घरपरिवारका ३६ हजार पाँचसय भन्दा बढी प्रत्यक्ष लाभान्वित रहने नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।