जीप दुर्घटनामा ५ जनाको मृत्यु

661
views

डोटी — डडेल्धुराको भीमदत्त राजमार्गमा पर्ने गजरौला सडकखण्डमा से १ ज ३३० नम्बरको जीप सडकबाट २ सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।

मृत्यु हुनेमा दिपायलका बासिन्दा रहेको जनाइएको छ । दुर्घटनामा जीपधनी बिनोद रावलको मृत्यु भएको छ ।

घाइतेहरुको उद्धार कार्य जारी रहेको र पाँच जनाको शव फेला परेको स्थानीय नवराज जोशीले बताए । घाइतेहरुलाई डडेल्धुरा अस्पताल लगिएको छ ।