प्रधानमन्त्री र राष्ट्रपतिको अश्लिल फोटो अपलोड गर्ने पक्राउ

753
views

प्रकाश सापकोटा
नवलपुर १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलको फोटोलाई फोटोसप गरी एक आपसमा अंगालो हालेको फोटोलाई आफ्नो फेसबुकमा शेयर गरी अश्लिल स्टाटस अपलोड गरेको आरोपमा कावासोतीबाट एकजना युवा पक्राउ परेका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार कावासोती १ निवासी २९ बर्षीय सुरज भुसाल जुंगे भन्ने तोयराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कावासोती बजारबाटै पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई साइबर अपराध सम्बन्धमा थप अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान व्युरो महाराजगञ्ज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।