विदेशबाट फर्केकालाई १० र शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने

803
views

काठमाडौँ — सरकारले विदेशबाट फर्केकालाई १० र शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । मंगलबार प्रस्तुत बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने अर्थमन्त्री युवराज खतिवडाले उल्लेख गरे ।

वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना पनि ल्याएको छ । साथै सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने पनि भएको छ । जसका लागि ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ ।

सार्वजनिक रोजगारी प्रत्याभुतिको लागि छुट्टै विद्येयक संसदमा पेश गर्ने भएको छ । सरकारले रोजगार सुचना केन्द्र स्थापना, समान कामको लागि समान ज्याला, आन्तरीक श्रम निरिक्षण गर्ने भएको छ ।

सरकारले सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्ने भएको छ । त्यसैगरी च्यालेन्ज फन्ड स्थापना गर्ने, वैदेशिक रोजगारीको कार्यमा संलग्नलाई आन्तरिक रोजगार सिर्जनमा प्रयोग गर्ने भएको छ ।