भ्रष्टाचार रोक्न पाँचसय र हजारको नोट बन्द गर्नुपर्छ–पूर्वअर्थमन्त्री पाण्डे

1080
views

चितवन, १७ जेठ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा भैरहेको भ्रष्टाचार रोक्न पाँच सय र एक हजार दरका नोट बन्द गरिनुपर्ने बताएका छन् । नेकपाका स्थायी कमिटी सदस्य सदस्य समेत रहेका उनले नेपालमा एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने बताए ।

चितवनको सौराहामा नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले भने, ‘नेपालमा भ्रष्टाचार पाँच सय र एक हजारको नोटमा टेकेर गरिएको उल्लेख गरे ।

आफू अर्थमन्त्री भएको भए तुरुन्तै पाँच सय र एक हजारका नोट बन्द गरी एक सयका मात्रै नोट सञ्चालनमा ल्याउने बताए । ‘एक सयका नोटका बण्डल बोकेर को मान्छे रकम बुझाउन जान्छ ? बोराका बोरा पैसा लिएर हिँड्न पनि समस्या हुन्छ ।’