हिलारी स्टेपमाथि शेर्पा गाइडको हत्या आशंका

844
views

काठमाडौैं । बैशाख १३ गते युक्रेनी आरोहणको टोलीसहित सगरमाथा आरोहण गरी शिखरबाट फर्कने क्रममा बेपत्ता भएका पर्वतारोहण गाइडको लामाबाबु शेर्पाको हत्या भएको उनको परिवारले दावी गरेको छ ।
अवैध मुद्रा ९क्रिप्टोकरेन्सी० को हार्डडिस्क सगरमाथा शिखरमा गाडेर गरिएको प्रचारको रहस्य खुल्ने डरले आरोहण दलका सदस्यबाटै उनको हत्या भएको आशंका उनको परिवारले गरेका छन् । अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न समेत उनीहरुको माग छ ।

डिजीटल मुद्रा प्रचारका क्रममा शिखरको हिउँमा ५ लाख आस्क ९ एएसके क्वाइन० मुद्रा गाडेको र साहसी व्यक्तिले शिखर आरोहण गरी त्यो लिन सक्ने घोषणा समेत ती युक्रेनी आरोहीले भिडियो मार्फत गरेका थिए । आरोहण सहयोगी शेर्पाले सबै जानकारी पाएकाले नै उनको हत्या गरी तिब्बत तर्फ फ्याकिएको हुन सक्ने लामबाबुका भतिजा सेकु शेर्पाको भनाई छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट