किम जङ अन शिखर वार्ताको लागि मस्को जाने

899
views

काठमाडौँ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ अन एक शिखर वार्तामा भाग लिन मस्को जानका लागि सहमत भएको जनाएको छ ।

रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले उत्तर कोरियाको भ्रमण गरेलगत्तै त्यस्तो घोषणा भएको हो । प्योङयाङमा लाभ्रोभलाई भेटेपछि नेता किमले यसै वर्षको अन्त्यसम्ममा मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने जानकारी दिएका हुन् ।

उत्तर कोरियाली समाचार संस्थाका अनुसार लाभ्रोभसँगको भेटमा नेता किमले परमाणु अस्त्र निश्शस्त्रीकरण प्रतिको आफ्नो प्रतिबद्धता नबदलिएको बताएका थिए।

त्यही विषय उत्तर कोरिया र अमेरिकाबीच जारी संवादका क्रममा पेचिलो बन्दै आएको छ । अमेरिकाले चाहिँ पूर्ण निश्शस्त्रीकरणपछि मात्र उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न सकिने सर्त राखेको छ ।

त्यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीवार उत्तर कोरियाली नेताका विश्वासपत्रसँगको भेटमा “वास्तविक प्रगति हासिल“ भएको बताएका थिए ।

तर पोम्पेओले नेता किम र राष्ट्रपति डोनल्ड ट्रम्पबीच हुने भनिएको बहुप्रतीक्षित शिखर वार्ता निर्धारित समय र स्थानमा हुने हो वा होइन भनेर खुलाएनन् । बीबीसी