आयल निगमका कार्यकारी निर्देशक खड्काले दिए राजिनामा

864
views

काठमाडौँ, २४ जेठ । नेपाल आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनेर विवादित बनेका उनले बिहीबार राजिनामाको घोषणा गरेका हुन् ।

यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उनी पदमा रहँदै आएका थिए ।

’मिडियाको गलत प्रचारबाजीले पद छोड्न बाध्य भएँ’, आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । ६ महिना पदावधि बाँकी रहेको अवस्थामा पदबाट राजिनामा दिएका हुन् ।