मुल्य वृद्धिको विरोधमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन

793
views

कोहलपुर,३१ जेठ मूल्य वृद्विको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)बाँकेले कोहलपुरमा बिहीबार प्रधानमन्त्रीको पुत्ला जलाएको छ।

कोहलपुरमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । पदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच तनावको स्थिति सिर्जना भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच पुत्ला तथा झण्डा खोसाखोस भएको थियो ।
प्रदर्शनपछि कोण सभा कार्यक्रममा बोल्दै नेविसंघका नेता यज्ञ बहादुर महराले पेट्रोलियम पदार्थमा भएको पटक पटकको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मुल्य आकासिएको भन्दै आम नागरिकको जनजीविका कष्टकर भएकाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्वि सरकारले फिर्ता लिनुपर्ने बताउनु भयो । सकारले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिए सरकारका विरुद्व नेविसंघ कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो ।
कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुर नेवि संघका सभापति भोलानाथ शर्माले सरकारले नेपाली जनतामाथि अन्याय गरेको भन्दै नेविसंघ जनताको पक्षमा आवाज उठाइरहेको बताउँदै जनताको मागलाई सम्बोधन नगरे चरणबद्व आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने घोषणा गर्नुभयो ।