महिला सुरक्षाका दृष्टिले भारत विश्वकै पहिलो खतरनाक देश

775
views

काठमाडौं । महिलाहरुको सुरक्षाको कोणबाट भारत विश्वकै पहिलो खतरनाक देश मानिएको छ । विश्वका दशवटा यस्ता खतरनाक देशहरुको खोजी गर्दा भारत पहिलों नम्बरमा परेको छ । पछिल्लो चरण गरिएको एक अध्ययनले देखाएअनुसार भारतलाई पहिलो नम्बरमा लिइएको हो । यौन हिंसा र बाँधामजदुरीलाई केन्द्रमा राखेर गरिएको उक्त अध्ययनले यस्तो परिणाम देखाएको हो ।

द थम्सन रोयटर्स फाउण्डेसन नामको संस्थाले मंगलवार सार्वजनिक गरेको “अ सर्वे अफ फाइभ हन्ड्रेड एण्ड फिप्टि एक्सपर्ट अन वुमन्स इस्यू” प्रतिवेदनमा महिलामाथि हुने यौन हिंसा, महिलाहरुलाई घरेलु कामदारका लागि भारत मानव तस्करी, महिलाहरुलाई जवर्जस्ती भारत श्रम गराउने, विवाह गराइ भारत दिने र यौन दासी बनाउने सवालमा भारत अत्यन्तै खतरनाक स्थितिमा रहेको देखाएको छ ।

त्यस्तै महिलामाथि परम्परागत संस्कार, रितिरिवाजको प्रभाव, एसिड आक्रमण, यौन दुव्र्यवहार, बालविवाह तथा यौन शोषणमा पनि भारत एक नम्बरमै रहेको अध्ययनले देखाएको छ । सात वर्ष अगाडि गरिएको अध्ययनमा चौथो नम्बरमा रहेको भारत अहिले एक नम्वरमा झरेको छ ।

अध्ययनमा भारत एक नम्वरमा रहेको छ भने अन्यमा क्रमशःअफगानिस्तान, सिरिया, सोमालिया, साउदी अरवेरिया, पाकिस्तान, कंगो, यमन, नाइजेरिया, अमेरिका रहेका छन् ।