अमीत सापकोटाको बुढो जापानतिर नामक तीज गीत सार्वजनिक

864
views

अजय पौडेल नवलपुर– ३०,  नजिकिदै गरेको महान पर्व तिज मा तिज गितहरु बजारमा धमाधम आउने क्रम बढिरहेको बेलामा गायक निर्देशक एवं क्यामेराम्यान अमित सापकोटा र कलाकार शंकरको बुढो जापानतिर बोलको तीज गीत भर्खरै बजारमा सार्वजनिक भएको छ

समसामयिक सांस्कृतिक, मनोरन्जनात्मक एवं आर्थिक विषयवस्तु उठान गरिएको गीत बुढो जापानतिर Ar एक्रियसन मार्फत बजारमा आएको हो। सम्पूर्ण छायांकन जापानमा गरिएको गीतको निर्देशन अमित सापकोटाले गरेका छन्।
खेमराज पौडेल र भुमिका शाहको आवाज रहेको गीतको लय शब्द विष्णु न्यौपाने को रहेको छ । यम थापा मगरको एरेन्ज रहेको गीतको अडियो मारुती स्टुडियोले गरेको छ। मोडल शंकर को जोडदार अभिनय मा कलाकार सुजाता ज्ञवालीले शंकरलाई साथ दिएकी छन् ।