विद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने प्रअ पक्राउ

1228
views

पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नम्वर ६ स्थित माझीगाउ प्राथमिक बिद्यालयका प्राधानाध्यापक खिलप्रसाद पौडेल बिद्यार्थीलाई अप्राकृतिक मैथुन (जर्बजस्ती करणी) गरेको आरोपमा पक्राउ परेका छन् ।

५१ बर्षिय प्रधानाध्यापक पौडेलले फलेवास नगरपालिका – ६ मा रहेको माझीगाउ प्राविमा अध्ययनरत ७ देखि १२ बर्ष उमेरका ३ जना बालिका र अर्को एक बिद्यालयमा अध्ययनरत सोही उमेर समुहकी वालिकालाई पटक पटक फकाएर अप्राकृतिक मैथुन गराउँदै आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रअ पौडेलले करिब एक बर्ष अघिदेखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफुँले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पीडित बालबालिकाले अभिभाबक संग बताएका थिए ।

अभिभावकले उक्त अपराध थाहा पाएपछि आइतबार अभिभावक, शिक्षक, र बिद्यार्थीका बिचमा बिद्यालयमा समेत छलफल भएपछि शिक्षकले गरेको अरपाध पुष्टि भएको थियो । अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउँनुका साथै प्रहरी चौकी फलेबासलाई बुझाएका थिए ।

अभियुक्त पौडेलका बिरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ भने जवरजस्ती करणी ( अप्राकृतिक मैथुन) शिर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेको प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठले जानकारी दिए .।