गण्डकी प्रदेश सबैभन्दा नमुना प्रदेश बन्छ –पृथ्वी सुब्बा गुरुङ

2342
views

प्रकाश सापकोटा, नवलपुर साउन– ९ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक अर्थिक सम्वृद्वीको बाटोमा अघि बढिरहेको बताउनुभयो ।

एम्बुलेन्स चालक संघ नेपाल जिल्ला शाखा नवलपरासीको दोस्रो अधिवेशनको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राजनितिक आन्दोलन समाप्त भैसकेकाले अब आर्थिक सम्वृद्वी मार्फत मुलुकलाई समुन्नत बनाउनतर्फ अग्रसर भएको बताउनुभयो । गुरुङले गरिबीको अन्त्य गर्दै मुलुकलाई शान्त, समुन्नत र सम्वृद्व बनाउनतर्फ प्रदेश सरकार लागिरहेको बताउनुभयो । उहाले मुलुकका ७ वटा प्रदेश मध्ये गण्डकी प्रदेशलाई सबैभन्दा नमुना प्रदेश बनाउने अभियानमा आफु पछि नहट्ने बताउनुभयो । अरू प्रदेशको तुलनामा गण्डकी प्रदेशमा मनमोहक पर्यटकिय स्थल, साँस्कृतिक, धार्मिक स्थलहरु मा यस प्रदेश सबैभन्दा अगाडी रहेको दावी गर्नुभयो । देशमै सबैभन्दा पहिला होम स्टेको सुरुवात गण्डकी प्रदेशकै लमजुङको घलेगाँउबाट सुरु भएको भन्दै मुख्यमन्त्री गुरुङले अहिले गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा पनि होम स्टे सुरुवात गरेपछि पर्यटकहरुको आकर्षण बढेको दावी गर्नुभयो । उहाले नवलपुरको कावासोतीमा रहेको अमलटारी होम स्टेको पुर्वाधार विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने वचनसमेत दिनुभयो । सोमबारदेखि नवलपुर भ्रमणमा रहनुभएका मुख्यमन्त्री गुरुङ हिजो प्रदेश राजधानी पोखरा फर्कनुभयो छ ।