गेराइन्ट थोमस विश्व चर्चित साइक र्‍याली टुर दी फ्रान्सको उपाधि नजिक

693
views

काठमाडौं । बेलायतका साइकलिस्ट गेराइन्ट थोमस विश्व चर्चित साइकर्ल र्‍याली टुर दी फ्रान्सको उपाधि नजिक पुगेका छन । १९ चरणको रेसमा दोस्रो स्थानमा रहेका थोमस ओभरअल पोजिसनमा शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेका हुन् ।

टुर दी फ्रान्सको रुटअन्तर्गत कठिन मानिएको माउन्टेन साइटको अन्तिम तथा ओभरअलमा १९ औं चरणको उपाधि प्रिमोज रोजलिचले जिते पनि ओभरअल पोजिसमा बेलायती चालक थोमसले अग्रता कायमै राखेका छन् ।

रोजलिचले १९औं चरणको रेसमा कूल ५ घण्टा २८ मिनेट १७ सेकेन्डको समय लगाउँदै उपाधि जिते । रेसमा थोमस रोजलिच भन्दा मात्र १९ सेकेण्डले पछि परे । तर पनि ओभरअलमा थोमसले ७९ घण्टा ४९ मिनेट ३१ सेकेन्ड समयका साथ पहिलो स्थानमा कायमै छन् ।

दोस्रो स्थानमा रहेका नेदरल्याण्ड्सका टोम डुमोउलिनले १९ औं चरणमा ६ सेकेण्ड बोनस पाए पनि थोमसभन्दा २ मिनेट ५ सेकेण्डले पछि परेका छन् । अब रेसमा दुई चरण बाँकी हुँदा थोमस कुनै ठूलो मार्जिनले पछि नपरे उपाधि जित्ने छन् ।

पूर्व च्याम्पियन क्रिस फ्रोम चौथो स्थानमा छन् । उनी थोमस भन्दा २ मिनेट ३७ सेकेन्डले पछि छन् ।