प्रधानसेनापति निरीक्षण भ्रमणमा

864
views

काठमाडौ, १५ साउन । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले ईटहरीस्थित पुर्वी पृतना हेर्डक्वाटर झापास्थित नयाँ श्रीनाथ गण, मोरङ जिल्लाको लेटाङ्गस्थित पुर्वी पृतना तालिम शिक्षालय र याङशिलास्थित श्री कालीशक्ति गण (ई) को निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा प्रधानसेनापति क्षत्रीले पृतना, गण, गुल्म र शिक्षालयहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिनुभएको थियो ।