सरकारविरुद्ध सडकबाट उठ्यो काँग्रेस

860
views

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार देशभरका सहरमा केपी ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसले विरोध प्रदर्शनका क्रममा ओली सरकारको राज्य आतंक बन्द गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग गरेको छ । त्यसैगरी कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्ध पनि सडकमा उत्रिनुपरेको जनाएको छ ।

कांग्रेसले पोखराको पृथ्वी चोकमा सरकार विरुद्धका नाराबाजी सहित सडक अवरुद्ध गरी विरोध सभा गरेको छ । त्यसैगरी कांग्रेसले सदरमुकाम सिन्धुलीमाडीमा पनि विरोध जुलुस निकालेको छ ।

कांग्रेसले सकारको विरोधमा गाउँ गाउँबाट कार्यकर्ता उतारेको छ । सुनसरीमा पनि काँग्रेसले विरोध प्रर्दशन गरेको छ । बाजुरा सदरमुकाम मार्तडीमा पनि कांग्रेसका कार्यकर्ता सडकमा उत्रेका छन् । धनुषामा पनि काँग्रेसले नाराबाजी गर्दै विरोध प्रशन गरेको छ ।

काँग्रेसले धादिङ बेसीँमा सयौँ कार्यकता सडकमा उतारेर शक्ति प्रर्दशन गरेको छ । भोजपुरस्थित स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुसहित जुलुस निकालेको छ ।

नेपाली कांग्रेस पश्चिम नवलपरासीले मंगलबार सदरमुकाम परासीमा विरोध प्रदर्शन गरेको छ । सरकारको अधिनायकवादी तथा जनविरोधी क्रियाकलापको विरुद्ध भन्दै जिल्ला समितिले विरोध प्रदर्शन गरेको हो ।

बर्दियाको सदरमुकाम गुलरियामा काँग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । पर्वत, बाग्लुङ, रोल्पा, स्याङजामा पनि कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

‘आर्यघाटले के भन्छ, केपी शर्मा ओलीलाई ले भन्छ, ओली सरकार कस्तो छ–श्री ३ महाराज जस्तो छ, किन हान्छौं जनतालाई गोली–बौलाइसक्यौ ओली, ओली तिम्रो पाराले–दुःख पाए साराले, मार्सी चामल खाएर जनता मार्न पाइदैन’, जस्ता नारा लगाउँदै कांगे्रसले विरोध प्रदर्शन गरेको हो । काँग्रेसले पाँचथर सदरमुकाम फिदिम, बैतडी लगायता जिल्लाहरुमा पनि विरोध प्रर्दशन गरेको छ ।