प्रधानन्यायाधीश संसदीय सुनुवाइमा सांसदहरु थकित

930
views

काठमाडौँ, १८ साउन । प्रधान न्यायाधीशमा सिफारिश दीपकराज जोशीको विषयमा निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

समिति सदस्यहरु थाकेकाले १५ मिनेटको ब्रेक लिएको एक सदस्यले बताए । शुक्रबारका लागि बोलाइएको समिति बैठक करिब ११ बजे सुरू भएको थियो ।

करिब तीन घन्टासम्म छलफल भएको थियो । ’छलफलमा कांग्रेसका सांसदहरू पनि सहभागी हुनुहुन्छ’, नेकपाका एक सांसदले भने, ’ब्रेक लिनुको अर्काे कुनै कारण छैन ।’ आजै मतदानमा गएर निर्णय लिने चर्चा रहे पनि त्यो विषय आधिकारिक नभएको उनले बताए । ’भोटिंगमा जाने विषयमा छलफल भए पनि त्यो निश्चित भइसकेको छैन’, उनले भने ।

जोशीको शैक्षिक प्रमाणपत्र एवं उनले गरेका फैसलाको विषयलाई लिएर सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच मतेभद छ ।

१९ सदस्यीय संसदीय सुनुवाई समितिमा नेकपाका ९, कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका एक एक सदस्य छन् ।