मलेरियाको संक्रमण सतर्कता अपनाउन चिकित्सकको सुझाव

921
views

प्रकाश सापकोटा नवलपुर ,साउन २० –  गैडाकोटमा १ मा मलेरियाको संक्रमण भेटिएको छ । ब्रिटिश क्याप मन्दिर टोलमा एक ६ बर्षीय बालिकालाई मलेरियाको संक्रमण देखिएको छ ।

 बालीकाको परिवार र त्यस क्षेत्रका स्थानियको रगत परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय नगर स्वास्थ्य शाखाले जनाएको छ । साथै स्थानियलाई सचेत रहन आग्रह गरिएको छ ।मुगुबाट ६ महिना पहिला गैडाकोट आएकी बालिकालाई मलेरियाको संक्रमण देखा परेको हो । उता मुगुमा मलेरिया संक्रमण ३० जना भन्दा बढि व्यक्तिमा देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।यो संगै नवलपुर जिल्लामै मलेरियाको संक्रमण ३ जनामा देखिएको छ । यसअघि गैडाकोट ५ मा एक जनालाई र शुक्रबार गैडाकोट १८ रतनपुरमा एकजनामा मलेरिया संक्रमण देखिएको थियो । नवलपुर जिल्लामा संक्रमण देखिएका ३ नै जना गैडाकोट नगरपालिका भित्रका हुन । गैडाकोट १ की बालीका मुगु र गैडाकोट ५ र १८ का व्यक्ति भारतमा काम गरेर नेपाल आएका थिए ।