पर्वतको बेतेनीमा बस दुर्घटना, १९ जना घाइते

1338
views

पर्वत, २१ साउन । मोदी गाउँपालिका–६ बेतेनीमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। पोखराबाट मुस्ताङ जाँदै गरेको ग १ ख ५५९८ नम्बरको बस दुर्घटना भएको पर्वतका ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए।

घाइतेमध्ये बढी चोट लागेका ६ जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने १३ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको छ। गाडीमा २८ जना रहेका थिए। अरू सकुशल रहेको ट्राफिक प्रहरी प्रमुख राभाटले बताए। चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।