विश्वकै मंहगा गोलकिपर– केपा अरीजाबालागा

879
views

काठमाडौं । केपा अरिजाबालागा विश्वकै महंगा गोलपिकर बनेका छन् । उनी स्पेनिस गोलकिपर हुन् । स्पेनिस फुटबल क्लब एथ्लेटिक बिल्बाओबाट इङ्लिस क्लब चेल्सी प्रस्थान गरेपछि केपा अहिलेसम्मकै महंगा कोलकिपर बनेका हुन् । प्रिमियर क्लब चेल्सीले केपाका लागि ९१ करोड डलर खर्चिएको बुझिएको छ । उनलाई खर्चिएको रकमले पनि केपा अरीजाबालागा विश्वकै महंगा गोलकिपर बनेका हुन भन्ने बुझिन्छ ।

चेल्सीका बेल्जियन गोलकिपर थियाबु कोर्टुवा स्पेनिस क्लव रियाल मड्रिड प्रस्थान गर्ने तयारी भएपछि चेल्सीले केपालाई आगामी ७ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।

केपा हाल डेभिड डे गियापछि स्पेनिस राष्ट्रिय फुटबल टोलीमा दोस्रो रोजाईका फुटबलर हुन् । चेल्सीले केपासँगै क्रोएसियाका मिडफिल्डर कोभासिचलाई पनि क्लवमा अनुबन्ध गर्न खोजिरहेको छ ।

कोभासिचलाई पहिलो एक वर्षका लागि ऋण स्वरुप चेल्सी ल्याउन खोजिएको हो ।