उत्तर कोरियाली नेता किम जोङ उनलाई किन भेट्न चाहन्छन् अमेरिकी राष्ट्रपति ट्रम्प ?

681
views

एजेन्सी, १९ बैशाख । गत साता उत्तर कोरियाविरुद्धमा दिएको एक बयानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न चाहेको बताएका थिए ।
ब्लुमबर्गलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘सही परिस्थितिमा’ किमसँग कुराकानी गर्न पाए आफू खुसी हुनेसमेत बताए ।
त्यसपछि ह्वाइट हाउसका प्रवक्ताले भने अहिलेको अवस्थामा कुराकानी गर्नु ठीक नभएको भन्दै अमेरिका उसले आफ्ना गतिविधि नियन्त्रण गरोस भन्ने पक्षमा रहेको बताए ।
ट्रम्प प्रशासन उत्तर कोरियाको परमाणु कार्यक्रममाथि रोक लगाउने कोशिस गरिरहेको छ र यसका लागि कूटनीतिक प्रयास समेत जारी राखेको छ । अमेरिकाले कोरियाली प्रायद्वीपमा यद्धपोत पठाएपछि अवस्था अली जटिल बनेको छ ।
यसअघि आइतबार ट्रम्पले किम जोङ उनलाई धेरै चलाख व्यक्ति भएको बताएका थिए । सीबीएस नेटवर्कलाई दिएको अन्तर्वार्तामा ट्रम्पले उत्तर कोरियाले अझै पनि परमाणु परीक्षण जारी राखेमा अमेरिका खुसी नहुने बताएका थिए ।
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल बनाउने तयारी गरिरहेको बताइन्छ । उसले अमेरिकासम्म मार हान्न सक्ने मिसाइल बनाउने बताइसकेको छ ।