लियो जिल्ला परिषद ३२५ बि २ को सातौं पदस्थापना बिरगंजमा हुने

1224
views

अजय पौडेल
नवलपुर ३१, साउन । विभिन्न सामाजिक क्षेत्रमा सेवा गर्दै आएको लियो जिल्ला परिषद ३२५ बि २ नेपालको सातौं पदस्थापना तथा पहिलो काउन्सिल मिटिङ्ग बिरगंजमा हुने भएको छ ।

 

यहि भदौ २ गते बिरगंजमा रहेका रिजन एक अन्तरगतका लियो क्लबहरुले आयोजना गर्ने कार्यक्रम होटल बिश्वासमा हुने लियो जिल्ला परिषद ३२५ बि २ नेपालका अध्यक्ष लियो तारा गुरागाइले जानकारी दिनुभयो । कार्यक्रम बिहान ७ बजेबाट सुरु हुने बताइएको छ ।