निर्मला हत्या प्रकरणः नेकपा (क्रान्तिकारी माओवादी) वर्दियाद्वारा कार्वाहीको माग

933
views

कैलाली, ८ भदौ । बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) वर्दियाले बलात्कार पछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्त घटनाको छानबिन गरी दोषिलाई कडा कार्वाहीको माग गरेको छ ।

बर्दिया जिल्ला पार्टीले हत्या, बलात्कार, चोरी, लुटपाट, अपहरण जस्ता सामाजिक अपराधको शृंखला दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै सत्ता र राजनीतिक दलहरूको संरक्षण नगरी कार्वाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

दोषीलाई संरक्षण गर्ने सत्ता र राजनीतिक दलको विगतको विरासत तोडेर पीडितलाई न्याय दिलाउन आग्रह गरेको छ । सो पार्टीले न्यायको खोजी गरिरहेका आन्दोलनकारी माथिको सरकारी दमनलाई दलाल, फटाहा, जनघाती, राष्ट्रघाती, फासीवादी सत्ताले गर्ने कार्यको संज्ञा दिएको छ ।

साथै सो पार्टीद्वारा प्रेस विज्ञप्तीमा सरकारले न्यायको लागि सडकमा उत्रिएका आन्दोलनकर्तालाई पक्राउ गरेर सामाजिक न्यायको अपहरण गरेको आरोप लगाएको छ । विज्ञप्तीमा सरकारको यस्तो हर्कतले राज्यप्रति जनविश्वास घट्दै गएको उल्लेख गरिएको छ ।

साथै सो पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यर्थाी युनियन (क्रानितकारी) वर्दियाले ले पनि कार्वाहीको माग गरेको छ ।

निर्मला पन्तको वास्तविक हत्यारा खोजी कार्वाहीको माग गर्दा प्रहरीले गोली चलाउँदा आठ जना घाईते भएका छन् ।