निर्मला बलात्कार र हत्यामा गृहमन्त्रीले समेत छक्याएको खुलासा

2282
views

काठमाडौं १२ भदौ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन् । तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन ।

घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो । बाल जानकी आधारभूत विद्यालय, हल्दुखालका शिक्षक चूडामणि भट्टका अनुसार मानसिक सन्तुलन ठीक नभएका जीवन घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखिएका थिए ।

ती व्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई भट्टले आग्रह गरेका थिए । ‘तर, एक थप्पड लगायो भने मर्ला, चौकीमा लगेर यसलाई पाल्ने लफडा पनि किन गर्ने भन्दै प्रहरी पन्छिएको थियो,’ भट्टले नयाँ पत्रिकालाई भने । तर, अर्को दिन जब निर्मलाको शव फेला प(यो, प्रहरी खोज्दै आएर मगरलाई बलात्कार र हत्याको अभियोगमा पक्राउ गरेर लगे ।

दीपक नेगीलाई पनि प्रहरीले हचुवाकै भरमा पक्राउ गरेको भट्ट बताउँछन् । निर्मलालाई खोज्ने क्रममा ५ प्रहरी र करिब ५० स्थानीय खटिएका थिए । प्रहरीले नै स्थानीयलाई समूहमा बाँडे । सबैभन्दा पहिला दीपकले शव देखे र प्रहरीलाई खबर गरे । पछि प्रहरीले ‘तैले कसरी थाहा पाइस् रु’ भन्दै उनलाई पनि पक्राउ ग(यो । ‘मैले पहिला शव देखेको भए मलाई नै पक्राउ गर्ने रहेछन्,’ साढे दुई दशकदेखि शिक्षण पेसामा रहेका भट्टले भने ।

तर, जीवन र दीपक नै मुख्य आरोपी भएको भन्ने प्रहरीको सूचनाका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले १७ साउनमा उनीहरूको नाम नै उल्लेख गरेर संसद्लाई जानकारी दिए । तर, पछि दीपक गम्भीर प्रकृतिको यौन रोगले ग्रस्त भएको पत्ता लाग्यो । त्यस्तै, जीवनले बयानका क्रममा भने, ‘हो, मैले निर्मलालाई खुकुरीले काटेर मारेँ ।’ जबकि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको घाँटी निमोठी हत्या गरिएको थियो । जीवन मानसिक रोगी भन्ने पनि खुल्यो । दुवैलाई साउन २० मा छाडियो ।

बहिनी र भाइसहित पक्राउ गरिएका चक्र बडूलाई ११ दिनसम्म हिरासतमा राखियो, तर त्यसको जानकारी कसैलाई भएन
गृहमन्त्रीले रामबहादुर थापा ‘बादल’ले कञ्चनपुर बलात्कार र हत्याका आरोपी पक्राउ परे भनेर दीपक नेगी र जीवन मगरको नाम लिएका थिए । तर, प्रमाण नपुगेर उनीहरू रिहा भएलगत्तै प्रहरीले २१ साउन बिहान ८ बजे घरबाटै चक्र बडूलाई पक्राउ ग(यो । शव फेला परेको स्थान बडूको घरबाट करिब २ सय मिटर पर छ । प्रहरीले चक्रसँगै उनकी १५ वर्षीया बहिनी लक्ष्मी र ११ वर्षीय भाइ गौतमलाई पनि पक्राउ गरेको थियो । बहिनी र भाइलाई सोही दिन छाडिए पनि चक्रलाई भने ११ दिनसम्म हिरासतमा मानसिक यातना दिएर राखियो । चार दिनसम्म त उनको परिवारका कसैलाई भेट्नसमेत दिइएन । रोल्पामा प्रहरी जवानका रूपमा कार्यरत दाजु महेश आएपछि मात्रै चौथो दिन भेट गराइयो ।

‘मैले बलात्कार गरी हत्या गरेको हुँ भन्, कैद सजाय घटाउन पहल गरौँला । नभए तेरो सिंगो परिवारलाई ल्याएर जेलमा कोचिदिन्छौँ भन्दै धम्क्याए । तर, मैले बरु मलाई गोली हानेर मार्नुस्, फाँसी दिनुस्, ४० वर्ष जेलमा कोच्नुस्, तर गर्दै नगरेको अपराध कबोल गर्दिनँ भन“े,’ चक्रले नया“ पत्रिकासित भने, ‘सिआइबीबाट आएको बताउने सिभिल ड्रेसका प्रहरीले हरेक दिन राति रक्सीले मातेर धेरै नै यातना दिए ।’

यता हरेक दिन घरमा खानतलासी गर्न आउने प्रहरीले परिवारका सदस्यलाई धम्क्याउँथे । ‘छोराले बलात्कार गरेर मारेको कबोल गर, नत्र तिम्रो छोरालाई मारिदिन्छौँ भनेर हरदिन धम्क्याउँथे । म बुढोको त परान निस्किन मात्रै बाँकी थियो । छोराले हिरासतमा बिताएका ११ दिनका २२ छाकमा हामीले मुस्किलले ५र७ छाक खाना खायौँ होला,’ चक्रका ६६ वर्षे पिताले भने । चक्रकी भाउजू द्रौपदीका अनुसार चार दिनसम्म निरन्तर प्रहरी कार्यालय धाउँदा चक्रलाई पक्राउ नै नगरेको बताउँथे प्रहरीहरू । ‘सबैलाई सिध्याइदिन्छौँ भनेर धम्क्याउँथे,’ उनले भनिन् ।

चक्र गिरफ्तारीको सातौँ दिनसम्म पनि तत्कालीन एसपी डिल्लीराज विष्टले त्यस्तो नाम गरेको कुनै मानिसलाई गिरफ्तार नगरिएको भनी जवाफ दिने गरेका थिए । गिरफ्तारीको एघाराँै दिन ५ हजार धरौटीमा छाडियो, आरोप थियो– प्रहरीलाई गालीगलौज गरेको । प्रहरीलाई गालीगलौज गरेको आरोपमा ११ दिनसम्म थुन्ने अधिकार कुन कानुनले दिएको छ रु यसको जवाफ अब नेपाल प्रहरी र गृह प्रशासनले दिनुपर्नेछ । नयाँपत्रिकाबाट