महालक्ष्मी विकास बैंकको १५ प्रतिशत लाभांस प्रस्ताव

1080
views

काठमाडौ । महालक्ष्मी विकास बैंकको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । गत बर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृत गरी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले पाउने छन्।

यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक मर्ज भएर बनेको महलक्ष्मी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । आठ प्रतिशत बोनस पछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षमा बैंकले ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा रहेको छ। हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांस प्रस्ताव गरिएको हो ।