घरको दलिन भाँचिदा एकै परिवारका पाँचको मृत्यु

1451
views

सल्यान भदौ –१३  सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका बेला घरको दलिन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीया राम कला कामी र उनीहरुका दुई छोरी र एक छोरा छन् ।

यस्तै छोरीहरू ७ वर्षीया गंगा बिक, ६ वर्षीया प्रमिला बिक र छोरा ४ वर्षीय रुपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

परिवारसँगै सुतेकी ११ वर्षीया छोरी सुनिता बिक भने घाईते भएकी छिन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।