पुष्पा मृत्यु प्रकरणः बलत्कारपछि हत्या भएको आशंका, अस्पतालमै शव

1435
views

पोखरा, १३, भदौ । पोखरा १९ लामाचौरकी एक बालिकाको रहष्यमय मृत्यु प्रकरण अझै खुलेको छैन । महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको बिहीबार रहस्यमय मृत्यु भएको थियो । बिहीबार साझँ देखी बेपत्ता भएकी पुष्पाको शुक्रबार साँझ शव भेटिएको थियो ।

लामाचौर फापरतरो स्थित शैलजा स्मृति पार्कको डिलमुनी झाँडीमा भेटिएको पुष्पाको शव अहिले अस्पतालमै रहेको छ ।

कास्कीका प्रहरी प्रवक्ता रविन्द्र गुरुङले १२ जनालाई लिखित र १३ जना सगँ मौखिक सोधपुछ गरेको बताउँछन् । गुरुङले घटनाका सम्बन्धमा अनुसन्धान र थपलाई अनुसन्धानका घेरामा ल्याएर छानविन भइरहेको बताए ।

पुष्पाको शव भएको स्थानबाट करिब १ मिटर पर स्कर्ट र बेल्ट भेटिएकाले बलत्कार प्रयासपछि हत्या भएको पुष्पाका परिवारजनले बताएका छन् ।

पोष्टमार्टको रिपोर्ट अनुसार पुष्पाको मृत्यु चोटपटकबाट भएको देखिएको प्रहरीको भनाई थियो । उनको टाउकोमा रगत जमेको, देब्रे छाती, फोक्सोमा चोट लागेको र देब्रे खुट्टाको कुर्कुचा भाचिएको देखीएको थियो । उनको थप अनुसन्धानका लागि काठमाडौ पठाएको प्रहरीले जनाएको छ ।

पुष्पा बिहीबार साढे ५ बजे विद्यालयको बसबाट घर भन्दा करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन् । साझँ सम्म घरमा नआए पछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए ।

बुधबार संयुक्त पोखरेली युवाहरुले बलात्कृत पुष्पा केसीका दोषीलाई पक्राउ गरी कार्वाहीको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । महिला ंिहसा विरुद्ध पोखरेली युवाहरुको अभियान्ताले लामाचौर, चिप्लेढुङ्गा महेन्द्रपुल, पृथ्वीचोक र न्युरोड हुँदै वृहत ¥यालीको आयोजना गरी चिप्लेढुङ्गमा कोणसभा गरेको अभियान्ता सन्तोष न्यौपानेले जानाकारी दिए ।