नेपाललाई युएइले दियो दुई सय ५५ रनको चुनौति

686
views

एसिया कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपाललाई यूएइले २५५ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएइले ९ विकेटको क्षतिमा २५४ रन बनाएको हो ।

खेल मलेसियाको राजधानी क्वालालम्पुरमा भएको छि । खेलमा युएइका चिराग सुरीले ९१ बलमा ६५ रनको योगदान गरे ।

नेपालका स्पिनर सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिदैं १० ओभरमा २ मेडनसहित २४ रन दिए । त्यस्तै वसन्त रेग्मीले २, सोमपाल कामीले २ विकेट लिए ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन् ।