जब मोदी काठमाडौ झरे

846
views

काठमाडौँ, भदौ १४ गते । नेपालको धार्मिक भ्रमणका क्रममा नेपालीसँगको तिक्तता मेटाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी माठमाडौ आईपुग्दा विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गर्यो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आईपुगेका हुन् ।
नेपालीहरुले मोदीको आगमनलाई विशेष चासोका साथ हेर्ने गर्दछन् । मोदीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले समेत स्वागत गर्नुभएको थियो ।