रेडियो नेपालका पहिलो गायकको निधन

809
views

काठमाडौं १५ भदौ । प्रसिद्ध गायक हरिप्रसाद रिमालको निधन भएको छ । रेडियो नेपालका पहिलो गायक रिमालको आज बिहान निधन भएको हो । रिमाल नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुन ।

उनले आमा, मनको बाँध, परिवर्त, के घर के डेराु, सन्तानु लगायतका फिल्ममा अभिनय गरेका थिए । वि. सं २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए ।