सहयात्री वचत तथा ऋण सहकारीको आठौं बार्षिक साधारण सभा

1207
views

सबिता शर्मा
पोखरा, १६ भदौ । पोखरा महानगरपालिका सिर्जनाचोक पोखरा–८ कास्कीमा सञ्चालित सहयात्री वचत तथा ऋण सहकारी संस्था लि. पोखराले आठौं बार्षिक साधारण सभा गरेको छ । साधारण सभाको उद्घाटन सत्रमा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश नं ४ का सचिव सरदचन्द्र श्रेष्ठले सहकारीको सम्भावना रहेको यस प्रदेशलाई सहकारी मार्फत विकास गर्नेमा सरकार आश्वस्त रहेको बताउनु भयो ।

उहाँले सहकारी मार्फत जनताको समस्या समाधान गर्नका साथै प्रदेशको विकासमा सहकारीले उल्लेख्य भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्दै संसदमा प्रस्तुत सहकारी विध्येकका विषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।

साधारण सभाको उद्घाटन सत्रमा सहकारीको तर्फबाट मधुमेह र थाईराईडका बिरामीहरुको निःशुल्क उपचार गरिएको थियो । निःशुल्क उपचारका क्रममा विशेषज्ञ डा. तारा कोईरालाले मधुमेह रोगका बारेमा आफु खोज अनुसन्धानमा लागेको र यसमा सफलता हासिल गरेको भन्दै विश्वमा बढ्दो रुपमा रहेको मधुमेह र थाईराइडका विरामीले चेकजाँच र औषधी उपचारमा विशेष ध्यान दिनुपर्नमा जोड दिनुभयो ।

कोईरालाले सहकारीले यु.आर.एल.को सहयोगमा थाईराईड र महधुमेह रोगको निशुल्क चेकजाँचका साथै उपचारको व्यवस्था गरेकोमा संस्थाका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष डा. त्रिभुवन शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहकारी म्यानेजर क्लबका अध्यक्ष मिलन ढकाल, कास्की जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष बलराम गौतम, प्याव्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठ, यु.आर.एलका तर्फबाट ठाकुरराम पन्तले पोखरामा सञ्चालित सहकारीले उपलब्धीमुलक कार्य हासिल गरेको बताउनुभयो ।

लेकसाईडको बाराही होटलमा भएको साधारण सभामा शैक्षिक प्रगति हासिल गरेका आठजना शेयर सदयहरुलाई सम्मान गरिएको थियो । साधारण सभाको सञ्चालन सचिव डा. राम्जी शर्मा र स्वागत चिनु रानाभाटले गर्नुभएको थियो