जनसहयोगी जुनीयर रेडक्रस सर्कल सम्मान

914
views

महेन्द्र जिसी, १८ भदौ । यहाँको एक विद्यालयको जुनियर रेडक्रस सर्कल सम्मानित भएको छ । फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको श्री जनसहयोगी माविको जुनीयर रेडक्रस सर्कललाई सम्मान गरीएको हो ।

नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले गत भदौ १४ र १५ गते आयोजना गरेको जिल्ला स्तरीय जुनीयर रेडक्रस गोष्ठीमा उत्कृष्ठ हुने जन सहयोगि माविलाई विद्यालयमा पुगेर सम्मान गरेको हो ।

कार्यक्रमममा शाखामा सभापति रुद्र बहादुरु रिमालले विद्यालयको जुनीयर रेडक्रस सर्कलका संरक्षण तथा विद्यालयका प्रधान अध्यापन गणेश बहादुर थापालाई सम्मान गरेका थिए ।

समुदायमा विपद पर्दा होस या राष्ट्रिय विपदमा समेत विद्यालयको जुनीयर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीले चासो देखाउने गरेको भन्दै सम्मान पत्र द्धारा सम्मान गरीएको हो ।

सो अवसरमा फलेवास विद्यालयका संंरक्षक खडक बहादुर कार्की, भूपु शिक्षक महेन्द्र बहादुर कार्कीलाई पनि सम्मान गरिएक्ँे थियो ।

कार्यक्रममा जुनीयर रेडक्रसको अक्षय कोष र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा विद्यालयमा डेड सय विद्यार्थीलाई शैक्षिक सामाग्री र पोषाक वितरण गरीएको थियो ।