सम्मानित भए प्याराग्लाइडिङ टोली

776
views

काठमाडौं भदौ– १९ इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुद (एसियाड) मा नेपालको एक मात्र पदक रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघ सम्मानित भएका छन्।

विजेतालाई सोेमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) नगद पुरस्कार र प्रशंसापत्रबाट सम्मान गरेको हो। विजेतालाई राखेपले बग्गीमा राखेर नगर परिक्रमा गरी राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच सम्मान गरेको थियो। प्याराग्लाइडिङ टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले पुरस्कृत गरे।
राखेपले पूर्वघोषणा गरेबमोजिम विजयी खेलाडीलाई जनही पाँच लाख, प्रशिक्षकले तीन लाख, सहायक प्रशिक्षकलाई एक लाख ५० हजार र संघलाई ६ लाख रुपैयाँ प्रदान गरेको छ। नेपाली प्याराग्लाइडिङ खेलाडीले पहिलो सहभागितामै देशका लागि रजत दिलाएका थिए। नेपालले क्रसकन्ट्रीमा रजत पदक जितेको हो। नेपाली टोलीमा कप्तान विमल अधिकारी, विशाल थापा, सुशील गुरुङ, विजय गौतम र युकेश गुरुङ रहेका छन्।
खेलाडीहरूलाई बधाई दिँदै मन्त्री सुनारले नेपपालले एसियाडमा अपेक्षाअनुसार सफलता हात पार्न नसकेको बताए। उनले एक रजत पदक विजेता खेलाडीले नेपालको सान जोगाएको भन्दै एसियाडको कमजोरीबारे समीक्षा गर्ने पनि बताए।