साताभरको सेयर बजारः कारोबार रकम २ सय ५९ प्रतिशतले बढ्यो

499
views

काठमाडौं– यस साता नेप्से परिसूचकसँगै कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । साताभर नेप्सेमा १ सय ९३ कम्पनीको सेयर किनबेच भएको छ। जसको १ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकम गत साताको भन्दा २ सय ५९ दशमलब ३४ प्रतिशत बढी हो । गत साता ८० करोड ३० लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलब ४९ अंकले बढेर अन्तिम दिन १ हजार २ सय २९ दशमलब ७७ अंकमा पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलब ५५ अंकले बढेर २ सय ६० दशमलब ३५ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ। बैंकको २२ करोड ५० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

समूहगत परिसूचकहरुको उतारचढावः

नेपाल लाइभबाट